अयोध्या प्रकरणः भारतले भन्यो नेपालको प्रष्टिकरण आइसकेको छ, अब केही बोल्नु आवश्यक छैन

डिसी नेपाल
१ साउन २०७७ २०:०२
4
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म भूमि नेपालको ठोरी रहेको बताएपछि अहिले यो विषयमा बहस भइरकेको छ। प्रधानमन्त्रीको भनाईप्रति भारतीय पक्षबाट तिखो प्रतिक्रिया आएपछि परराष्ट्रमन्त्रालयले समेत प्रष्टिकरण दिइसकेको छ।

सोही विषयमा बिहीबार भारतले यो प्रकरणमा थप टिप्पणी गर्नु आवश्यक नभएको बताएको छ। भारतीय विदेश मन्त्रालयको नियमित पेस ब्रिफिङमा बिहीबार पत्रकारले सोधको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको परराष्ट्र मन्त्रालयले यो विषयमा बोलिसकेको भन्दै थप टिप्पणी गर्न अस्वीकार गरेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको र कुनैको भावनामा चोट पुर्याउने उद्देश्य नभएको बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *