दुई छोरीलाई बलात्कार गरेको बाबुमाथि आरोप
सांकेतिक तस्वीर
कैलाली। कैलालीमा दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ। जिल्लाको घोडाघोडी नगरपालिकाका दुई किशोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लगाइएको छ। १४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ति अहिले फरार रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडमामा शनिवार बिहानै घटना पुगे पनि मुद्दा दर्ता भने भएको छैन। पीडित नाबालक भएको हुँदा मुद्दा दर्ता गर्न संरक्षक नभेटिएको ले मुद्दा दर्ता नभएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए । साथै पीडितलाई ओरेक नेपालको जिम्मा लगाएको उनले बताए। पीडित बालिकाको आमा केहि बर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ। पीडित बालिकाको तर्फबाट संरक्षक बस्ने कोहि नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
प्रहरीले बालिकालाई सेफ हाउसमा राख्न आफु कहाँ पठाएको आरेक नेपालकी जिल्ला संयोजक बिनु चौधरीले बताईन। मुद्दा दर्ता गराउने उनको भनाई छ। उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गरिने उनले बताइन्।
इलाका प्रहरी कार्यालयसम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment