भान्जाको हत्या आरोपी भारतबाट पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। भान्जाको हत्या आरोपमा फरार मामालाई प्रहरी टोलीले भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले १४ वर्ष अघि नाबालक भान्जाको हत्या गरी फरार रहेका आफ्नै मामालाई भारतमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याएको हो।
महानगरीय प्रहरी अपराध महाशाखमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको टोली उनलाई लिन भारत गएको थियो। भारतबाट शनिबार दिउँसो उनलाई काठमाडौं ल्याएको स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार मामाले फिरौती माग्दै भान्जाको हत्या गरेका थिए। दरबारमार्ग क्षेत्रमा बालकको शव बोरामा फेला परेको थियो। सोही समयदेखि मामा फरार थिए। बालकका आमाबुबा न्युरोडमा व्यापार गर्दै आएका थिए।
उनले बालकका आमा बुबासँग पैसा माग्दा नपाएपछि भान्जाको हत्या गरेको प्रहरीले दावी गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment