गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले छोडे प्रचण्डको साथ !

डिसी नेपाल
५ साउन २०७७ ११:१२

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले बोलाएको आफू पक्षीय स्थायी कमिटी सदस्यको भेलामा गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट अनुपस्थित भएका छन्।

दाहालले सोमबार विहान आफू पक्षीय स्थायी कमिटी सदस्यलाई छलफलका लागि खुमलटार बोलाएका थिए। उक्त छलफलमा थापा र भट्ट भने अपुस्थित रहेका छन्। अन्य स्थायी कमिटी सदस्य भने उक्त छलफलमा सहभागी भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

पछिल्लो समय दाहाल निकट स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीलाई साथ दिन थालेपछि दाहालले आफू पक्षीय सदस्यलाई एकजुट बनाउन छलफलको आयोजना गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *