पहिराबाट दुई घर पुरिए, तीन जोखिममा

डिसी नेपाल
५ साउन २०७७ १३:४४

रामपुर। गए राति परेको वर्षाले रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घर पहिराले पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरिएका छन्।

घर पछाडिबाट आएको पहिराले गए राति १२ : ३० बजे भित्ता नै भत्काउँदा भलसहितको पानीले तल्लो तलामा राखिएका सामान बगाएको छ। पानी परेपछि पहिराबाट क्षति रोक्न विभिन्न नियन्त्रणका उपाय अपनाउँदा पनि नसकिएको स्थानीयवासी दानस मल्लले बताए। पहिरो पीडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनका भवनमा राखिएको छ।

यहाँका बालकुमारी मल्ल, दानस मल्ल र सूर्य श्रेष्ठको घर पनि पहिराको जोखिममा छन्। पहिरोपीडितलाई वडाबाट आफूले सहयोगका लागि पहल गर्ने वडाध्यक्ष मित्रलाल कँडेलले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *