एकै दिन मलेसियाबाट आए १६ वटा शव
काठमाडौं। वैदेशिक रोजगारीका क्रममा उतै मृत्यु भएकाहरुको शव ल्याउन कोरोना महामारीका कारण समस्या भइरहेका बेला सोमबारमात्र १६ वटा शव नेपाल ल्याइएको छ। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का अनुसार सोमबार मलेसियाबाटमात्र १६ वटा शव नेपाल आएका छन्।
सोमबार मलेसियाबाट ३ वटा उडान नेपालका लागि भएका थिए।
सोमबार मलेसियाबाट तीन र कतारबाट एक चार्टर्ड उडान भएको थियो। सोमबार अन्य ७ सय ९ जना नेपाल आएका छन्। ती मध्ये कतारबाट १५३ जना आएका हुन्। अन्य मलेसियाबाट आएका हुन्।
सीसीएमसीका अनुसार विदेशबाट आएकाहरुलाई अहिले काठमाडौंको होल्डिंग सेन्टरमा राखिएको छ। हालसम्म एकहजार १ सय २१ जना होटल क्वारेन्टिनमा छन् भने होम क्वारेन्टिनमा ३ हजार ५ सय २८ जना छन्।
हालसम्म विदेशबाट चार्टर्ड उडानमाफर्त नेपाल आउनेको संख्या ३२ हजार १ सय ६९ छ।


No ads found for this position

डिसी नेपाल
Facebook Comment