धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं। अबिरल वर्षापछि आएको पहिरोले पुरिएर धादिङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
मंगलबार विहान करिव साँढे दुई बजे आएको पहिरोले पुरिएर धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ मिलन खवास, उनकी श्रीमती र छोरीको मृत्यु भएको त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवीकुमारी पाण्डे बुर्लाकोटीले जानकारी दिइन्।
‘आज (मंगलबार) गएको पहिरोमा परी त्रिपुरासुन्दरी गाउँपालिका–६ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ,’ उपाध्यक्ष बुर्लाकोटीले डिसी नेपालसँग भनिन्, ‘अन्य भौतिक क्षति भएको छ, केही घर बगाएको छ, र अन्य घरमा उच्च जोखिममा परेका छन्।’ घटनास्थल समरमुकामबाट करिव ३५ किलोमिटर टाढा पर्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment