मंगलबार अमेरिकी डलरकाे मूल्य घट्याे, यूराेकाे बढ्याे (सूचिसहित)

डिसी नेपाल
६ साउन २०७७ ८:१२

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। सोमबार ११९ रुपैयाँ ७३ पैसामा कारोबार भएको डरल मंगलबार भने ११९ रुपैयाँ ५८ पैसामा कारोबार भएको छ । यस्तै, सोमबार १३६ रुपैयाँ ८३ पैसामा कारोबार भएको यूरोको मूल्य भने बढेर १३७ रुपैयाँ ०२ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ५८ पैसा तथा विक्रिदर १२० रुपैयाँ १८ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३७ रुपैयाँ ०२ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ७१ पैसा रहेको छ।

यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५० रुपैयाँ ६७ पैसा तथा विक्रिदर १५१ रुपैयाँ ४३ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ६६ पैसा र विक्रिदर ८४ रुपैँया ०८ पैसा रहेको छ।

मंगलबार कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ, विक्रिदर ३९० रुपैँया ९६ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा, विक्रिदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा, विक्रिदर ३२ रुपैया ०४ पैसा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *