नाबालिकका लागि दैनिक लेहबाट दिल्ली जहाजमा ल्याइन्छ आमाकाे दूध

डिसी नेपाल
७ साउन २०७७ १२:१७

काठमाडौं। कोरोना संक्रमणको भयानक महामारीको बीच लद्दाखकी एउटी आमाले दिल्लीमा आफ्ना नवजात शिशुलाई दिनहुँ दूध पठाउँदै आएकी छिन्। नयाँदिल्लीको अस्पतालमा उपचारका लागि भर्ना भएका भएका नवजात शिशुलाई उनकी आमाले हरेक दिन एयरलाइन्सको सहयोगमा लद्दाखबाट दूध पठाउँछिन्।

लद्दाखबाट दिल्ली पठाउने यो प्रक्रिया विगत एक महिनादेखि चलिरहेको छ। नवजात शिशुको बुबा जिकमेट वांग्डु दिनहुँ दूधको लागि दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल जान्छन्। दुधको बक्स लेह एयरपोर्टबाट दिल्ली पठाइन्छ।

ती नवजात शिशुको दिल्लीमा ठूलो अपरेशन भएको छ। यी बच्चीकी आमा लद्दाखमा छिन् र, बुबा बच्चीको अस्पतालमा हेरचाह गर्छन्। बच्चाको जन्म १६ जुनमा लेहको अस्पतालमा भएको थियो। बच्चीको आहार नलीमा समस्या देखिएपछि लेहका डाक्टरहरूले उचित उपचारका लागि दिल्ली लैजान सुझाव दिएका थिए।

त्यसबेला बच्चाको बुबा मैसूरमा थिए र लेहमा आमाको शल्यक्रिया गरियो, त्यसैले उनलाई दिल्ली ल्याउन सकिएन। आमा बुबाको अनुपस्थितिमा बच्चाको मामाले उनलाई उपचारका लागि दिल्ली ल्याए। यद्यपि पछि बच्चीको बुबा पनि दिल्ली आए।

अपरेसन पछि, बच्चीलाई आमाको दुध आवश्यक पर्दछ, त्यसैले प्रत्येक दिन दुध एयरलाइन्स मार्फत लेहबाट दिल्ली पुर्याइन्छ। लेह र दिल्लीको बीचमा १ हजार किलोमिटरको दूरी छ। सिधा उडान लगभग डेढ घण्टा लाग्छ।

बच्चीका बुवा वांगडूले समाचार एजेन्सी पीटीआईसँग भने, ‘जम म कर्नाटकबाट दिल्ली पुगेँ, त्यहाँ आफ्नी बच्चीलाई छुन पनि डर लाग्थ्यो। किनभने त्यहाँ कोरोना फैलिइरहेको थियो। म जहाजमा दिल्ली पुग्थेँ। बच्चीलाई दिल्लीको शालीमार बाग नजिकैको एक अस्पतालमा उपचार भइरहेको छ। बच्चीको आहार नलीमा समस्या भएका कारण केही खान सक्दिनन्।

पछि उनको शल्यक्रिया गरियो, उनलाई आमाको दूध पिलाउन सुझाव दिए। बच्चीको आमाको लेहमा शल्यक्रिया गरिएको थियो। त्यही भएर उनी दिल्ली आउन सकिनन्। त्यही भएर आमाको दूध प्रत्येक दिन जहाजमार्फत दिल्ली ल्याइन्छ। एजेन्सीको सहयोगमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *