उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित कालका लागि स्थगित

डिसी नेपाल
८ साउन २०७७ २०:१८

काठमाडौ। यही साउनको अन्तिम साता हुने भनिएको उद्योग वाणिज्य महासंघको चुनावी साधारण सभा अनिश्चित कालका लागि स्थगित भएको छ। बिहीबार बसेको महासंघ पदाधिकारीको बैठकले साधारण सभा सार्ने निर्णय गरेको कोषाध्यक्ष निरक केसीले जानकारी दिए।

यही साउन २६ र २७ गते चुनावी साधारण सभा गर्ने तयारी थियो। तर, कोरोना महामारीको संकट नटरेको र सरकारले पनि भोजभतेर, सभासम्मेलन नगर्न भनेकाले साधारण सभा सारिएको महासंघ स्रोतले जनाएको छ।

सरकारले अनुमति दिएको १५ दिन भित्र साधारण सभा गर्ने निर्णय समेत भएको जनाइएको छ। बिहीबार नै महासंघले साधारण सभाका लागि सरकारसँग अनुमति माग्दै पत्र पठाएको स्रोतले जनाएको छ। सरकारले अनुमति दिएपछि साधारण सभाको नयाँ मिति तोकिने छ।

उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल आ आफ्नो प्यानल बनाएर प्रचारप्रसारमा लागि सकेको बेला साधारण सभा रोकिएको हो। ढकाल समूह साधारण सभा रोक्ने निर्णयको विपक्षमा रहेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *