अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

डिसी नेपाल
९ साउन २०७७ १९:३४

धादिङ । अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन भएको छ । बेनिघाटरोराङ गाउँपालिका–१० अन्र्तगत मौवाखोलामा मौवा खोलाको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएको थियो ।

भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताएका छन् ।

सबै किसिमको सवारी सञ्चालन हुने गरी राजमार्ग सञ्चालन हुनका लागि अझै केही दिन लाग्नेछ । खोलामा डाइभर्सन गरी ग्याभिन जाली भरेर ठूलो पर्खाल लगाएपछि मात्र सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *