कोरोना भाइरसले विदेशमा १६१ नेपालीको ज्यान लियो, २९ हजार २४३ संक्रमणमुक्त

डिसी नेपाल
११ साउन २०७७ ७:१०

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १६१ पुगेको छ । यो साता यूकेमा थप १ नेपालीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या बढेर १६१ पुगेको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई बताए ।

उनका अनुसार शनिवार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये २९ हजार २ ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएको उनले बताए ।

 

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको संयोजक सापकोटाको भनाइ छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

संयोजक सापकोटाका अनुसार स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *