एनआरएनएलाई अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्न थालेका छन् : अध्यक्ष पन्त

डिसी नेपाल
११ साउन २०७७ १२:५५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमाार पन्तले आफूहरुलाई अहिले अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्न थालेको बताएका छन् । एनआरएनएको कोभिड–१९ उच्चस्तरीय समितिकाे बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले एनआरएनएलाई अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको बताएका हुन् ।

हालसालै आइएलओले गरेको ५ करोड १० लाख रुपैयाँको सहयोगले संघलाई नेपालीले मात्र नभएर अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको बताउँदै यसले सकारात्मक सन्देश प्रवाह गरेको पन्तले उल्लेख गरे । उनले आइएलओले दिएको सहयोगबाट विदेशमा समस्यामा परेका नेपालीलाई व्यवस्थापन तथा कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किएका नेपालीहरुको लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ सुरु भएदेखि समितिले गरेका गतिविधीको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको समितिका प्रेस संयोजक चीरन शर्माले डिसी नेपाललाई जानकारी दिए । बैठकमा बोल्दै पन्तले कोरोना भाइरस (कोभिड-१९) कोमहामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् ९एनसीसी०को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताएका थिए । उनले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नु परेको अप्ठ्यारो र संवेदनशिल यस घडीमा मलम लगाउने काम भइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन समेत आग्रह गरे ।

बैठकमा महासचिव डा. हेम राज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा २१ सय स्वयंसेवक खटिरहेको जानकारी दिए । उनले संघका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमा मार्फत ८१ हजार भन्दा बढीले परामर्श लिएको बताए ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले गैरआवासीय नेपालीहरुमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकोले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि संक्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागितहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको बताउँदै त्यस सम्बन्धमा आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *