तीन दिनदेखि यथावत अमेरिकी डलरकाे मूल्य, हेर्नुहाेस् अन्य देशकाे (सूचिसहित)

डिसी नेपाल
१२ साउन २०७७ ८:०८

काठमाडौं। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य यथावत रहेको छ। गत शनिबार ११९ रुपैयाँ ४४ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य सोमबार पनि ११९ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ।

सोमबार यूरोपीयन यूयरो १ को खरिद मूल्य १३९ रुपैयाँ २१ पैसा र विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ। शनिबार र आइतबार १३८ रुपैयाँ ३८ पैसामा कारोबार भएको यूरो सोमबार बढेर १३९ रुपैयाँ २१ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ४४ पैसा तथा विक्रिदर १२० रुपैयाँ ०४ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३९ रुपैयाँ २१ पैसा तथा विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ।

यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५२ रुपैयाँ ७८ पैसा तथा विक्रिदर १५३ रुपैयाँ ५४ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ८५ पैसा र विक्रिदर ८५ रुपैँया २८ पैसा रहेको छ।

कुवेती दिनार १ को खरिददर ३९० रुपैयाँ, विक्रिदर ३९१ रुपैँया ९५ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ५२पैसा, विक्रिदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८४ पैसा, विक्रिदर ३२ रुपैया रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *