काँग्रेसले बनायो प्रशिक्षण पुस्तिका

डिसी नेपाल
१२ साउन २०७७ १७:४६

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका तयार पारी प्रकाशनमा ल्याएको छ। पुस्तिकालाई पहिले नै प्रकाशन गर्ने प्रयास गरिए पनि विभिन्न कारणले केही ढिला भएको काँग्रेसले जनाएको छ। सो पुस्तिका अनलाईन संस्करण सार्वजनिक गरिएको नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए।

उनले सो पुस्तिका सकेसम्म छापा माध्यम मार्फत पनि चाँडै प्रकाशन गर्ने जानकारी दिए। यो पुस्तिकामा नेपाली कांग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति, र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता, कम्युनिष्ट पार्टी र अरु पार्टीसंग नेपाली कांग्रेसकाबीच भिन्नता, आगामी दिनमा कांग्रेसले गर्ने र गर्नसक्ने योजनाहरु, विषयहरु समावेश गरिएको छ। पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकला बारे समेत अध्ययन सामग्री प्रस्तुत गरिएको दाहालले जानकारी दिए। पुस्तिका www.nepalicongress.org  भित्र गई Central Policy, Research and Training Academy मार्फत हेर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *