राखेपको सदस्य सचिबमा फेरि सिलवाल नियुक्त

डिसी नेपाल
१२ साउन २०७७ २०:०१

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई सदस्य सचिबमा नियुक्त गर्ने निर्णय गरेको हो। सिलवाल यसअघि पनि सदस्य सचिब थिए। तर, नयाँ खेलकुद ऐन अनुसार उनको पद स्वतः रिक्त भएको थियो।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवालसहित तीनजनाको नाम सदस्य सचिबका लागि समितिले सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो।

यस्तै, बैठकले राखेपको उपाध्यक्ष शिव कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ। कोइराला नेकपाको खेलकुद महासंघका सह संयोजक हुन्। उनी नेकपाभित्रका पूर्व माओवादी केन्द्रका नेता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *