स्थिर छ अमेरिकी डलर, यूराे र अष्ट्रेलीयन डलर बढ्दाे (सूचिसहित)

डिसी नेपाल
१३ साउन २०७७ ७:५७

काठमाडौं। चार दिनदेखि अमेरिकी डलरको मूल्य यथावत रहेको छ। गत शनिबार ११९ रुपैयाँ ४४ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य मंगलबार पनि ११९ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको छ।

सोमबार १३९ रुयैयाँ २१मा कारोबार भएको यूरो मंगलबार १४० रुपैयाँ ०६ पैसामा कारोबार भएको छ। मंगलबार नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार यूरो १ को खरिद मूल्य १४० रुपैयाँ ०६ पैसा र विक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ। शनिबार र आइतबार १३८ रुपैयाँ ३८ पैसामा कारोबार भएको यूरो लगातार बढेर मंगलबार १४० रुपैयाँ ०६ पैसामा कारोबार भएको छ।

यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५३ रुपैयाँ ७९ पैसा तथा विक्रिदर १५४ रुपैयाँ ५६ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २७ पैसा र विक्रिदर ८५ रुपैँया ७० पैसा रहेको छ।

कुवेती दिनार १ को खरिददर ३९० रुपैयाँ २० पैसा, विक्रिदर ३९२ रुपैँया १६ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ५२पैसा, विक्रिदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा, विक्रिदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *