त्रिवि मैदानमा काम गर्ने कर्मचारीलाई सन्दीपले एक लाख सहयोग गर्ने

डिसी नेपाल
१४ साउन २०७७ १७:०६

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका यूवा क्रिकेटर सन्दीप लामिछानेले त्रिभूवन अन्तर्राष्ट्रिउ क्रिकेट मैदानमा काम गर्ने कर्मचारीहरुलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

बुधबार क्यारेबियन प्रिमियर लिग खेल्न जानुभन्दा अगाडी गरेको पत्रकार सम्मेलनमा सन्दीपले उक्त रकम सहयोग गने बताएका हुन्। उनले अन्य व्यक्तिलाई पनि सक्दो सहयोग गर्न अनूरोध गरेका छन्। उनले ग्राउण्डमा काम गर्ने कर्मचारीहरुले निकै मेहनत गर्ने भएकाले आफूले पनि सहयोग गर्न खोजेको बताए।

हाल त्रिवि मैदान १४ जना कर्मचारी रहेका छन्। सन्दीपलाई सीपीएलमा जमैका तलावाजे डेढ करोड बढी रकममा टिममा अनुबन्ध गरेको थियो। अगस्त १७ देखि सुरु हुने लिगका लागि उनी बिहिबार प्रस्थान गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *