‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ’

डिसी नेपाल
१४ साउन २०७७ २२:१३

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ । हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको भनाइ छ । यहाँ आज आयोजित साक्षात्कारमा नेता थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको स्पष्ट पारे ।

उनले भने, “हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौँ, अब यही कोर्समा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।”

उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक सङ्घर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबीसमेत गरे । उनले भने, “हाम्रो पार्टी फुटको चरणमा छैन् तर शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति सङ्घर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।” उनले पार्टीमा बहुमत÷अल्पमतको आधारमा नभइ सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *