यो साता कोरोनाले विदेशमा थप २८ नेपालीको ज्यान लियो, भारतमा मात्रै २५ नेपालीको मृत्यु

डिसी नेपाल
१८ साउन २०७७ ९:४४

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप २८ जना नेपालीको ज्यान गएको छ । यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सन्जीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

संयोजक सापकोटाका अनुसार यो साता भारतमा मात्रै थप २५ जना नेपालीको ज्यान गएको छ । भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको उनको भनाइ छ ।

‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले हामीलाई दिएको जानकारी अनुसार भारतमा थप २५ नेपालीको ज्यान गएको छ,’ उनले भने, ‘ कोरोनाबाट भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित भएका छन् ।’

यो साता साउथ अफ्रिकामा पनि पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।

पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित

यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । सापकोटाका अनुसार एक पारिवारिक जमघटमा ९वैवाहिक वर्षगाँठ० मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन् ।

दोस्रो महामारी आउने सक्ने खतरा

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ ।

समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भवना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न समितिले आग्रह गरेको संयोजक सापकोटाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *