पैसाकै लागि आमाले आफैले जन्माएको नवजातलाई झाडीमा फालेको खुलासा

डिसी नेपाल
२० साउन २०७७ १३:४०

काठमाडौं। साउन १२ गते काठमाडौंको कपनमा कागजको कार्टुन शिशु भेटियो। समाजिक सञ्जालमा भिडियो भाइरल भयो। कियर बालगृहकी पुष्पा अधिकारीले बच्चा आफैले लग्ने निधो गरिन् र लगिन्। बालबालिकाहरुलाई स्यारसुसार गर्दै आइरहेकी उनलाई सबैले विश्वास गरे।

शिशुलाई म पाल्छु भनेपछि देशभित्र र बाहिरबाट सहयोग आउन थाल्यो। नेपालमा यूट्युव चलाउनेहरुले पनि सहयोग गरे। घटना यही सीमित रहेन यथार्थ फरक तरिकाले बाहिरियो।

करिब चार बर्ष अगाडि खोलिएको कियर बालगृहकी संस्थापक पुष्पा अधिकारी र सोही शिशुको आमाले पैसाको प्रलोभनमा परी बच्चा योजना अनुरुप झाडीमा फालेर भेटाएको नाटक गरेको खुलेपछि अर्को तरंङ्ग बाहिरिएको छ।

व्यक्तिगत र संस्थापक गरी झाडीमा फालिएको उक्त शिशुको लागि लाखौं रकम जम्मा भइसकेको छ। कियर बालगृहकी संस्थापक पुष्पाले नाटकीय रुपमा बच्चालाई सहयोग गर्न भन्दै बच्चाको नाममा खाता खोली रकम जम्मा गर्न सुरु गरेकी थिइन्। लामो समयसम्म बालगृह चलाएकी पुष्पाको गृहमा हाल करिब २० बालबालिका छ्न्।

पुष्पाको यस किसिमको हर्कत देखेर सहयोग गरेको रकम फिर्ता लिनेको लाइन लागेको छ। संचार माध्यमलाई आधार बनाएर लार्खौं असुलेकी संस्थापक पुष्पा अलपत्र परेको एउटी नारीलाई सहयोग गरेको बताउँछिन्।

उनले एक भिडियो मार्फत भनिन् ‘उद्देश्य पैसा असुल्ने थिएन, बच्चाको आमाको बिजोग अवस्था देखेर नाटक गरेकी हुँ।’ पुष्पाका अनुसार बच्चाकी आमा हालसालै विदेशबाट फर्किएकी हुन्। उनले थपिन्, ‘उनको बारेमा बाकी केही थाहा छैन।’

सहयोगको नाममा देखाइएको यस घटनाको अन्य नियत के थियो अनुसन्धान भइरहेको बौद्धका प्रहरी इन्चार्ज डिएपी नवीन कार्कि बताउँछन्। उनका अनुसार उनीहरुको बच्चालाई अलपत्र पार्ने उद्देश्य भने थिएन।

उनले डिसी नेपालसँग भने, ‘घटनाको प्रवृत्ति बुझ्दा बच्चालाई अलपत्र पार्न खोजेको देखिँदैन। यस बिषयमा थप अनुसन्धान भइरहेको छ, यही नै हो भन्न सकिँदैन।’

लामो सयसम्म बालबालिकाको हकहितमा आवाज उठाउँदै आएकी बाल अधिकारकर्मी सोनि समाजमा नकारात्मक पक्षमा सहयोग गर्ने संस्थामा अन्य बालबालिका राख्न उचिच नहुने बताउछिन्।

उनले डिसी नेपालसँग भनिन, ‘त्यसलाई बाल संस्था कसरी मान्ने? बालबालिका अथवा अन्य क्षेत्रमा काम गर्ने संस्थालाई व्यक्तिलाई समेत असर गरेको छ,त्यसकारण पुन त्यो संस्था चलाउन दिनु गलत हुन्छ।’ स्रोतका अनुसार प्रहरीले निगरानि सुरु गरेपछि अलपत्र भेटिएको भनिएका शिशुलाई उनको आमाले लगेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *