नेकपा माओवादी पुनर्गठन

डिसी नेपाल
२० साउन २०७७ १८:४८

भक्तपुर। ‘जनयुद्ध’ र ‘जनभावना’को मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको छ।
रफत संचार क्लवमा मंगलबार पत्रकार सम्मेलन गरी पुनर्गठित नेकपा मओवादीको ३१ सदस्यीय केन्द्रिय कमिटी निर्माण भएको घोषणा गरिएको छ।

नेकपा माओवादी पुनर्गठन भएको घोषण गर्दै नव–गठित नेकपा माओवादीका अध्यक्ष जुनेल जीपीले हाल सत्तारुढ दल नेकपाले सर्वहारा जनताको मुद्दा स्थापित गर्न नसकेको र सत्ताकै लागि मात्र लडार्इँ गरेकाले बाध्य भएर आफूहरुले नेकपा माओवादी पुनर्गठन गरेको बताए।

देशको निकास र विकासका लागि नेकपाले काम गर्न नसकेकाले आफूहरुले नेकपा माओवादी पुनर्गठन गरेको भन्दै उनले भने, ‘प्रचण्ड र बादलसँग पटक पटक बार्ता गर्दा पनि जनयुद्धका घाइते, अपांग मजदुर किसानको मुद्दालाई बेवास्ता गरेपछि पार्टी पुनर्गठनको घोषणा गरिएको हो।’

घोषणा सभा कार्यक्रममा नव–गठित नेकपा माओवादीका प्रवक्ता डेनीस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा जनताको मागलाई उपेक्षा गरिएपछि आफूहरुले नेकपा माओवादी घोषणा गर्न बाध्य भएको बताए।

उनले हालको अवस्थासम्म पुग्न १० वर्ष ‘जनयुद्ध’का नाममा प्रचण्ड लगायतका नेताले १७ हजारको बलिदानलाई सत्ताका लागि खुड्किलो मात्र बनाएका कारण आफूहरु ती सहिदको भावनालाई मध्यनजर गर्दै नवगठित पार्टी घोषणा गरिएको बताए।

उक्त नवगठित नेकपा माओवादीमा साविक नेकपा माओवादी केन्द्रसँग आवद्ध भएका ३१ जना नेताहरुले पार्टी पुनर्गठन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *