संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमित

डिसी नेपाल
२२ साउन २०७७ १८:४१

काठमाडौं। संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डे कोरोना संक्रमित भएका छन्। उनी कोरोना संक्रमित भएको सचिवालयका एक उच्च अधिकारीले पुष्टि गरे।

पाण्डे सचिव रहेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य सांसद प्रदीप यादव कोरोना पोजेटिभ भएपछि पाण्डेको स्वाब परीक्षण गरिएको थियो। पाण्डे र यादव वनको अनुगमनमा सँगै गएका थिए।

यादवलाई कोरोना पोजेटिभ देखिएपछि उक्त टोलीमा रहेका सबै सेल्फ आइसोलेसनमा बसेका थिए। तर पाण्डेमा मात्र कोरोना संक्रमण देखिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *