अमेरिकाका लागि नेपाली महावाणिज्यदूत महत कोरोना संक्रमित

डिसी नेपाल
२४ साउन २०७७ ३:०६

वासिंगटन डिसी,अमेरिका । अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत बरिष्ठ कलाकार प्रेमराजा महतलाई कोरोना संक्रमण भएको छ । अमेरिकाको बाल्टिमोर शहर निवासी महाबाणिज्यदूत महतले आफू र आफ्नी पत्नी कविता महतलाई कोरोना संक्रमण भएको आज आफैं सार्वजानिक गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै सबैलाई सतर्कता अपनाउन अपिल गरेका छन् । उनले आफूहरु छोरा डाक्टर सरगम महतको स्वास्थ्य सल्लाहअनुसार आफू र आफ्नी पत्नी छुट्टा छुट्टै कोठामा होम क्वारेन्टाइनमा बसेको जानकारी पनि गराएका छन् ।

सतर्कता अपनाउदा अपनाउदै पनि आफूहरुलाई कोरोनाको संक्रमण भएको बताउँदै उनले आफ्नो परिवारमा कसैलाई यस्तो समस्या देखा परेको छ भने कत्ति पनि शर्म नमानी संक्रमणलाई गोप्य नराखी सार्वजानिक गरिदिन पनि आग्रह गरेका छन् ।

आफूले आफ्नो संक्रमणबारे सार्वजानिक गर्दा अरु आफन्त, छिमेकी, समाज, देशलाई नै संक्रमणबाट जोगाउन मद्दत पुग्ने उनको धारणा छ । डिसी नेपालका सल्लाहकारसमेत रहेका महतले डिसी नेपालसँग कुरा गर्दै आफूहरुले महामारीका रुपमा आएको कोरोनाबाट सबैलाई सतर्क रहन र आवश्यक पूर्वसावधानीहरु अपनाउन आग्रह गर्नको लागि आफूहरुलाई भएको संक्रमण सार्वजानिक गरेको बताए । उनले आफूहरु दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *