कथा: धर्म छाडेको दिन

डिसी नेपाल
२४ साउन २०७७ ८:१८

‘तपाईले पानी खाएकै देख्दिन म त, लिनुस यो पानी खानुस’ भन्दै उसले पानीको बोतल अगाडी राखिदिंदा उ छक्क परी । बोतलमा रहेको आधा पानी हेर्दै उसको मुखमा हेरि । बर्षौ देखि चिनजान भएको मानिस झैं गरी उसले स्वभाविक रुपमा भन्यो— ‘के हेरेको? खानुस न ।’ एकाएक गला अबरुद्ध भएर आयो, आँखा रसाए तर ति सब कुराहरुलाई छोप्ने कोशिस गर्दै उसले बोतल तानेर केही घुट्की पानी पिई ।

एक छिन कुरा गरेर टेलिफोनको रिसिभर राख्दै गर्दा अघिल्लो दिन पनि उसले ‘तपाईका औला कति राम्रा !’ भनेको थियो, जुन कुरा उसलेसुनेको नसुन्यै गरेकी थिई । सरकारी कार्यालय, चियाको चलखेल अलि बढिनै हुन्छ । त्यो मान्छे आए देखि उसको पनि चियाको मात्रा बढेको छ । ल अब चिया पिउँ भन्दै अगाडी ल्याएर राखिदिन्छ, उ पनि चुपचाप पिइदिन्छे ।आमन्ने सामन्ने छ उनीहरुको टेबल ।अधिकृतमा बढुवाका लागि दुबै लाइनमा छन ।

हेलो…उसले यसै भनेर बोलाउछ उसलाई त्यसैले उसको नामनै हेलो राखिदिएकी छ । एक पटक त उसले भनी पनि, के गरि बोलाएको? मेरो नाम रश्मी हो । तर उसले कहिल्यै नामले बोलाएन । उसलाई भेटेको दुई साता पछिको आइतबार बिहानै उसको लोग्ने केही नभनी घरबाट निस्किएर हिड्यो । खाना खाने हैन? उसले सोधेकी थिइ, ‘मिटिङ्ग छ’ बोल्दा पनि पैसा पर्छ कि झैं गरी उसले जबाफ दिएको थियो ।

फरक फरक स्थानमा भएपनि पति पत्नी दुबै सरकारी जागिरे हुन । पति ठुलो ओहदामा छ, पत्नी प्राबिधिक काममा । सरकारी कार्यालयमा कम्प्युटरमा टाइप गर्नका लागि छुट्टै पदको ब्यवस्था गरिएको हुन्छ । त्यही कम्प्युटरवाला काम गरेको उसले बर्षौं भयो ।

सधैभरी एउटै काम, उस्तै वातावरण, घरमा स्कुल पढ्दै गरेका दुइ वटा बच्चा, केही बर्ष देखि बिवाहेत्तर सम्बन्धमा रहेको पति, एउटा उराठ लाग्दो जीवन बाँची रहेको बेला एक्कासी कसैले खाए नखाएको सोध्न थालेपछि उसलाई कार्यालय जाउँ जाउँ लाग्न थालेको थियो । घरको काम, छोरा छोरीलाई स्कुलको तयारी सधै दौडादौड हुन्थ्यो उसलाई तर अहिले हरेक काम सहज हुन थालेको छ, कसैले सघाइ दिएर होइन आफुमा उर्जा थपिए झैं भएर ।

बिहान चाँडै उठ्न थालेपछि सबै कुरा भ्याउन थालेकी छे, कुनै हतार छैन । बिहान लोग्नेले त्यसरी खाना नखाई घरबाट हिड्दा उ दिनभरी डिस्टर्ब हुने गर्थी । कहाँ खायो होला? त्यही केटीसंग त होला नि…मनमा अनेक प्रश्न खेलेर काममा केन्द्रित हुनै सक्दिन थि ।

तर त्यसदिन लोग्नेले नखाई निस्किदा नरमाइलो लागेन, केही ‘फिल’ नै भएन । बच्चाहरुसंग रिसाइ रहन्थी, अहिले उनीहरुलाई पनि गाली गर्न छोडेकी छ । अहिले संझिदा बच्चाहरु आफ्नै कारणले ‘इरिटेट’ भएका रहेछन कि जस्तो पनि लाग्छ ।

आफ्नो ‘स्पेस’ प्रयोग गर्ने वातावरण बनाइ दिएकोमा लोग्ने प्रति सकरात्मक धारणा पैदा हुन थाल्यो । उ राति निन्द्रा नलाग्दा उदयलाई फोन गर्थी । युटुवमा योग निन्द्रा सुन्दै सुत न भनेर उ पठाई दिन्थ्यो । बिहान भएपछि उठ्यौ? भनेर म्यासेज गथ्र्यो ।

कार्यालय पुग्दा उ पहिल्यै आई सकेको रहेछ, हँसिलो अनुहारले हेल्लो भन्दै स्वागत ग¥यो । मुस्कानले उसको स्वागतको जबाफ फर्काउदै कुर्सीमा बस्न लाग्दा हात तेर्साउदै भन्यो, ‘छोकडा हो लिनुस, स्वास्थ राम्रो हुन्छ ।’ उसको हातबाट छोकडा टिप्दै गर्दा भन्यो, तपाईका औंलामा औठी कति सुहाएको…केही बोल्न नपाउँदै निधारतिर हेरेर भन्यो, ‘कालो टीकाले सुहाएको छ ।’

टेबुलमा रहेको कम्प्युटर खोल्दै उसले भनी, अरु बेला त रातो लाउथें, तपाईको आँखा लाग्ला भनेर कालो टिका लगाएको नि…। दुइ जनाको कुरा सुनि रहेकी सुनिता बोली,लौन…के हो रश्मीलाई पनि जबाफ दिन त आउदो रै छ त । सुनितालाई रश्मीले छोरा छोरीका लागि पतिसंग गरि रहेको संझौताका बारेमा थाहा छ । आफन्तको पार्टीमा जाँदा देखाउनका लागि, घरमा काम गर्न र छोराछोरी हुर्काउनका लागिश्रीमतीको रुपमा प्रयोग भइ रहेको बिषयलाई लिएर उनीहरुले धेरै पटक कुराकानी गरेका छन । रश्मीका लागि आफ्नो कुरा सुनाउने एक मात्र पात्र सुनितानै हो ।

आजपनि उसले अर्कै कोठामा सुत्ने गरेको पतिको भिडियो कल वार्ताका बारेमा चर्चा गरी । आफु कोठामा पस्दा कसरी उसले एक्कासी फोन सिरकमुनी राख्यो र उताबाट आएको आवाज चांही उसले सुनिरही भन्ने बताई । सरकारी अफिसमा काम धेरै हुदैन, यस्तै कुरा गरेर बिताउने हो । गरे देखि काम नहुने होइन तर एउटा चिट्ठी लेख्नै एक दुई दिन लगाई दिने बानीनै परेको छ ।

कसैले किन ढिलो भयो भनेर प्रश्न पनि गर्दैनन । अत्यन्त जरुरी हुँदा गरेकै छ भनेर सबैले चित्त बुझाउँछन । अरुबेला सुनितासंग लोग्नेको कुरा गर्दा एक प्रकारको आक्रोश भरिन्थ्यो तर खै किन हो त्यस्तो महशुसनै भएन । घरी घरी हेर्दा हेल्लो अर्थात उदयजङ्गले उसलाई हेरि रहेको देख्थी । दिन प्रतिदिन एकार्कालाई हेर्ने क्रम बढ्दै गएर एक प्रकारको आकार्षणमा बदलिएको थियो ।

दुइ वटा छोराछोरीको आमाको कसैसँग त्यसरी आकार्षण बढ्न सक्छ भन्ने कुरा त्यस अघि उसलाई थाहै थिएन । आफ्नो पति बाहेक कसैसंग नजिक भइन्छ भन्ने सोचेकी थिइन पनि । बिवाह मागरै भएको हो, त्यस अघि मन पराएको केटासंग बिवाह नभएकोमा खासै दुखी थिइन । तर पतिले दिएको धोखाले भनें उसलाई धेरै नाजुक बनाएको थियो ।

उदयसँगको निकटता बढ्दै जाँदा पतिले दिएका दुखहरुलाई एकपछि अर्को गर्दै संझिन थाली । त्यति धेरै ह्युमिलिएशन सहेरकिन बसें हुँला जस्तो लाग्न थाल्यो । कोठा छुट्टै हुनु अघि प्रत्येक रात उनीहरुको झगडा पथ्र्यो । उ कहिले माइतिलाई गाली गथ्र्यो, कहिले उसको आनीबानीलाई त कहिले शारीरिक बनावटलाई लिएर ऐना हेर्न भन्थ्यो । रिसको झोकमा उ पनि मुख फर्काउथी, अपशब्द बोल्थी ।

भनाभन बढ्दै जाँदा कतिपल्ट उसले हात उठायो, शरीरभरी निलडाम पारेर पिट्यो । जब अरु केटीसँग उसको पतिको सम्बन्ध अघि बढ्यो उसले दुख दिन छोड्यो तर कोठा अलग ग¥यो । कहिलेकाँही उ कोठामा छिर्दा शारीरिक सम्बन्धै राख्न गएको झैं गरी नराम्ररी बचन लाउथ्यो ।

एकदिन त उसले ‘सम्बन्धै राख्न चाहें भनें पनि के भयो त? आफ्नै लाग्नेसँग त हो, अरु कोहीसँग गएकी त होइन नि’ सम्म भनी । अतिनै गरेपछि उ कोठामा जान छोडेकी थिइ तर यस्तो पनि जीन्दगी हुन्छ? भनेर मनमा एक प्रकारको छटपटी भइ रहन्थ्यो । उ अबेला सम्म फोनमा केटीहरुसंग कुरा गथ्र्यो ।

कुराकानी सुन्दा पछिल्लो समय उ एउटै केटीसँग सीमित होला भन्ने लाग्दैनथ्यो । उ फरक फरक तरिकाले कुरा गरि रहेको हुन्थ्यो । एकदिन हतारमा मोबाइल बैठकमै छोडेर अफिस गएको बेला उसले म्यासेजहरु हेरेकी थिई । नयाँ केटीसंग सम्बन्ध गाँसिएपछि पुरानो केटीसंग झगडा परि रहेको रहेछ भन्ने म्यासेजहरुबाट थाहा पाई । यता नायँ केटीसंग गहिरो प्रेम सुरु भएको रहेछ । थुक्क यस्तो पनि के जीन्दगी…भनेर लोग्ने प्रतिको चरम घृणा मोबाइल फोनसंग ब्यक्त गर्दे सोफामा फोन फाल्दै गर्दा ‘म्याम सरको फोन छुटेछ’ भन्दै ड्राइभर कोठामा छिरेको थियो ।

हेर्दा हेर्दै एक पछि अर्को सम्बन्धमा गएको लोग्नेलाई सम्झिएर पहिलो पल्ट उसलाई घृणा जाग्यो । अब चांही अलग बस्नु पर्छ भन्ने भावना पनि त्यसपछिनै आएको हो। सम्बन्ध बिच्छेद पछि आफुले के के सम्म भोग्नु पर्ने हुन सक्छ भनेर उसले सूची बनाई । छोराछोरीको भविष्य, समाजको दृष्टिकोण लगायतका कुराहरु आँखा अगाडी उभिदा ‘सम्बन्ध बिच्छेद नगर’ भनेर ढोका बन्द हुन्थ्यो । सम्बन्धमा बेइमान एउटा धुर्त पुरुषबाट अलग भएर शान्ति पूर्वक जीवन बाँच्ने कुरा अगाडी आउँदा ‘गर’भनेर ढोका खुल्थ्यो ।

गर र नगर बीच दोधारमा उभिएको बेला उ आफै नजानिदो तवरले सम्बन्ध तर्फ धेकेलिदै थिई । ‘एउटा मान्छेको मायाँले कति फरक पार्दछ जीन्दगीमा’ गीत उसलाई सानै देखि मन पर्ने मध्येको एउटा हो तर गीतको भावका बारेमा पहिलो पल्ट जानकारी मिले झैं भइ रहेको थियो । लोग्ने राती घर आउँथ्यो, भान्सामा खाना खान्थ्यो र आफ्नो कोठातिर लाग्थ्यो । लोग्ने अर्कै कोठामा सुत्ने कुराले तिन बर्ष देखि दुखी उ त्यही कुराले एकाएक खुशी हुन थाली ।

आफ्नो ‘स्पेस’ प्रयोग गर्ने वातावरण बनाइ दिएकोमा लोग्ने प्रति सकरात्मक धारणा पैदा हुन थाल्यो । उ राति निन्द्रा नलाग्दा उदयलाई फोन गर्थी । युटुवमा योग निन्द्रा सुन्दै सुत न भनेर उ पठाई दिन्थ्यो । बिहान भएपछि उठ्यौ? भनेर म्यासेज गथ्र्यो ।

दिनैपिच्छे के सोधी रा’को? बिहान उठ्नु के ठुलो कुरा हो र? एक पटक उसले यसो भन्दा ल…धेरै ठुलो कुरा हो नि, राती सुतेका धेरै मानिसहरु आज बिहान बिउझिएनन…बिहान उठ्न पाउनु ठुलो कुरा हो बुझ्यौ?भनेपछि उ चुप भएकी थिई । बोल्दा बोल्दै उ तपाईबाट कहिले तिमीमा झ¥यो पनि उसलाई थाहै छैन ।

भेट्यो कि झगडा गर्ने श्रीमतीको ब्यवहारमा एकाएक परिवर्तन आएपछि उच्च ओहदावाला पति अलि नजिक हुन खोजे झैं गर्न थाल्यो । तर उसले खासै वास्ता गरिन । एउटै घरमा बसेर दुइ जनाको फरक दिनचर्या आफ्नै तरिकाले अघि बढि रहेको थियो । धेरै पछि उ राम्री भएर अफिस जान थालेकी थिइ । मानसिक तनावले बढेको शारीरिक तौल घटाउन मर्निङ्ग वाक जान्थी, खाना थोरै खान्थी ।

बर्षौं देखि खुम्चिएका लुगा लाउदै आएकी उसका कपडामा आइरन पर्न थालेको थियो । एक साँझ ढोकाको छेउमा पुग्दा ठुलो स्वरले बोली रहेको लोग्नेको आवाज कानमा परेपछि उ टक्क रोकिइ । टेलिफोनमा उ कसैलाई भनी रहेको थियो, ‘तिमी नरिसाउ न, मैंले तिमी बिना मेरो जीवनमा अरु कसैको कल्पनानै गरेको छैन । सानातिना गल्ती मानिसबाट भइहाल्छन नि, इस्यु नबनाउन न ।’

अकस्मात ढोका खोल्दा श्रीमतीलाई देखेपछि सबै संवाद सुनी अब यसले के गर्ने हो भनेर उ कुनै पनि कुरा फेस गर्नका लागि मानसिक रुपमा तयार भएको थियो तर उसले थाहै नपाए झैं गरी । जीवनमा कतिपय कुराहरु थाहा पाएर पनि थाहा नपाए झैं गर्दाको पीडादायी आनन्द उ प्रत्यक्ष महसुश गरि रहेकी थिइ । जीवनमा मौनता धेरै ठुलो शक्ति रहेछ भन्ने पनि उसलाई लागि रहेको थियो ।

एक्लै भएको बेला उदयजङ्गको ब्यवहार संझिएर मुस्कुराउथी । सम्बन्धको यात्रा र गन्तब्य कहाँ सम्मको होनिश्चित थिएन । एक दिन कम्प्युटरमा एउटा फायल खोज्ने क्रममा उसको हात माथि आफ्नो हात राखेर उसले माउस चलाउँदै गर्दा कुनै नाइनास्ती गरिन । त्यो साँझ र रातभरी मन भित्र ठुलो आँधी चल्यो ।

बषौं देखि आफुले एक्लो महशुस गर्दै आएपनि दुइ वटा छोरा छोरी छन्, लोग्नेको ब्यवहार त्यस्तो भएपनि पदले जुटाएको नाम छ, घर परिवारका सदस्यले के भन्लान, माइतीको इज्जत, साथीभाई…मलाई के भइ रहेको छ? म कता धकेलिदैछु?मन र मष्तिष्कभरी प्रश्नै प्रश्नले ठाउँ लियो तर उपयुक्त जबाफ भेटिएन । यदि लोग्नेले राम्रो ब्यवहार गरि दिएको भए आफु अर्को पुरुषसंग नजिक हुने थिइन भन्ने कुरामा भनें उ निश्चित थिइ ।

उदयको बैवाहिक अवस्था बारे उसले कहिल्यै सोधिन न त उसलेनै सोध्यो । लोग्नेको गाडी भएपनि खासै प्रयोग गरिन, गर्ने अवस्थानै थिएन । कतै संगै हिडेको भए पो चढ्नु?एक पटक नातेदारको बिवाहमा जाँदा चढेकी थिइ तर त्यो गाडीमा बसुन्जेल उकुस मुकुस झै भएको थियो । उदयको साधारण मोटरसाइकल थियो । एक दिन म घर नजिक छोडिदिन्छुभन्यो ।

मोटरसाइकलको पछाडी बस्दा उसलाई सबै भन्दा सुबिधायुक्त सवारी साधनमा चढे जस्तो लाग्यो । संगत गर्दै जाँदा थाहा भयो उ काठ्माण्डौमा एउटा कोठामा बस्दो रहेछ । एक दिन अफिस छुटेर बाइक चढेपछि भन्यो, म सानो कोठामा बस्छु, बस्ने ठाउँ खासै राम्रो छैन, अब्यवस्थित छु, सामानहरु मिलाएको पनि छैन, मिठो चिया बनाएर खुवाउछु मिल्छ भनें एक छिन जाउँ?उसले कुनै जबाफ दिइन ।

अलि पर पुगेर सोध्यो अब कुन बाटो जाने निर्णय गर्नु पर्छ, कता जाउँ? कुन बाटो जाने बडो दोधारमा थिइ उ । हुन्छ, चिया होइन कफी खाने नि हुन्न?भनेपछि उ आफ्नो कोठातिर लाग्यो । कोठा सानो थिएन तर सामान असरल्ल छरिएकाले साँगुरो झैं देखिन्थ्यो । अलि पर पर्दाले ढाकिएको सानो चिटिक्क परेको भान्सा थियो । कोठा पुग्नु अघि बाटैबाट किनेर लगेको दुध तताएर उ कफी घोट्न थाल्यो ।

ठूलो कम्पाउण्डमा बनेको आफ्नो घरका फराकिला कोठाहरु र सुबिधा सम्पन्न भान्सा भन्दा त्यो सानो कोठा उसलाई आफ्नो झैं लाग्यो । बस्दा बस्दै लोग्नेले बेला बेलामा भन्ने गरेको संझिइ, यत्रो घरमा बस्न पाएकै छस, के चाहियो? खान लाउन दिएकै छु, माइतीको ल्याएर खुवाएको त होइन नि?मेरो कमाई पकाएर खुवाउन पनि कत्रो महाभारत ?बचनले मनमा घोची रहेको बेला कपमा कफी बोकेर उभिएको उसले कता हराएको हौ? भन्दै हातमा कफीको कप राखी दियो ।

घरमा सधै आफुले बनाएको मात्रै खाएकी उसले अरुको हातको खान पाउँदा असीम खुशी र आनन्दको महसुश गरी । दुध र चीनी राखेर घोट्दा घोट्दा फिजै फिज बनेको कफी साँच्चैको मिठो थियो । कस्तो मिठो कफी…पटक पटक दोहो¥याई…म खाना पनि मिठो बनाउछु, एकदिन खाउँला उसले भन्यो । त्यस दिन माइक्रोबस चढेर उ घर फर्किइ ।

दिन प्रतिदिन उसको त्यो एउटा कोठा उसलाई आफ्नो घर भन्दा सुरक्षित लाग्न थाल्यो । अचम्म त के भनें कोठामैं आउने जाने गरी निकटता बढ्दा पनि उनीहरु एकार्काले परिवारको बारेमा सोधखोज गरेनन । एक दिन बाहिर पानी परि रहेको थियो । शुक्रबार भएकाले तिन बज्नु अघिनै उनीहरु अफिसबाट निस्किएका थिए । सदा झैं उ कफी घोटी रहेको थियो, छेउमा उभिएर हेरि रहेकी उसले अकस्मातै उसको काँधमा टाउको राखी । दुबैकाहातका औलाहरु थरथर कामी रहेका थिए ।

त्यतिकैमा ग्याँसमा बसाएको दुध उम्लिएर पोखिएपछि हतार हतार उसैले ग्याँस बन्द गरी । म के गरि रहेकी छु? आफुलाई प्रश्न गर्नै नपाई दुबै ओछ्यानमा पल्टिए । छुवाईमैं आफुलाई सीमित राख्ने सोची रहेकी उसको आँखा अगाडी एक्कासी उसको पति र उसकी प्रेमिका देखा परे ।उसले यसैगरी त त्यो महिलालाई छोयो होला, नजिक भयो होला भनेर सोच्दा सोच्दै उ निकै अगाडी बढि सकेकी थिई ।

पतिसँगको बदलाको भावनाले शरीर र मन दुबैलाई नियन्त्रण भन्दा बाहिर पु¥यायो । संहालिदै गर्दा आमाले भनेको संझिइ, ‘महिलाहरुले अरु जे जे गरेपनि धर्म छाड्न हुँदैन ।’ कसैको सामु नाङ्गो हुनु सानोतिनो कुरा थिएन । त्यसरी आफुले कुनै दिन धर्म छाँडुला भनेर उसले सोचेकी पनि थिइन तर परिस्थितिले उसलाई नसोचेको गन्तब्यतिर डो¥याई रहेको थियो ।

घरमा पुग्दा श्रीमानलाई बगैचामा उभिएर फुलमा पानी हाल्दै गरेको देखेर छक्क परी । त्यति चाँडो उ घरमा नआएको बर्षौं भएको थियो । छोरा छोरी बाबुको अघिपछि गरि रहेका थिए । उसले पतिसँग आँखा जुधाउन सकिन । बर्षौं देखि नजुधाएका आँखा जुधाउनु पर्ने आवश्यक्ता पनि थिएन तर सधै ठाडो भएर घर भित्रिने शिर केही झुके जस्तो आफैलाई महसुश भयो ।

चुपचाप कोठामा गएर तल भान्सामा झर्दा अचम्मको दृष्य देखि । लोग्ने भान्सामा खाना बनाउने तयारी गरि रहेको थियो । बच्चाहरु प्याज, लसुन काट्न सघाई रहेका थिए । लौन के हो यस्तो? बिश्वास गर्नै गाह्रो हुने दृष्य थियो त्यो । तरकारी के खाने होला भनेर फ्रिज खोल्दै गर्दा पतिको मुखबाट आवाज निस्कियो, ‘मैंले ल्याइ सकेको छु, तिमी आज बस, म पकाउँछु ।’

छक्क पर्दै उ भ¥याङ्ग उक्लिएर कौशीमा गई । पश्चिम अकाशमा घाम डुब्न लागेको दृष्य उदास उदास थियो । मन भित्रको सन्नटालाई चिर्दै आएको फोन उठाई पतिको ड्राइभरको रहेछ । भनि रहेको थियो, ‘म्याम अब सर त्यो उताको म्याडमसंग कहिल्यै पनि जानुहुन्न, ठुलो झगडा भयो आज । हजुरले सरलाई राम्रो ब्यवहार गर्नु होला ।’

कोठा भित्र छिर्दा के के कुरा फरक झैं लाग्यो । पतिको कोठाको सिरक, औषधी लगायतका कुराहरु उसको बेड रुममा थिए । कोठाका सामानहरुले करिब डेढ बर्षपछि पतिको सामिप्यता पाउने निश्चित रहेको देखाइ रहेका थिए । आफ्नो जीवनमा के भइ रहेको छ भन्ने उसले बुझन सकि रहेकी थिइन्।

राति ओछ्यानमा पल्टिएपछि हात समाउदै लोग्नेले भन्यो, बिगतमा जे भयो भयो त्यसलाई बिर्सिदेउ, अब म बाट त्यस्तो हुने छैन । जबाफमा उसले प्रश्न गरी, यदि तपाइले जस्तै मैंले गरेकी भए के गर्नुहुन्थ्यो?उसले आफुतिर तान्दै भन्यो तिमी त्यस्तो कहाँ गर्न सक्छ्यौ र?तिमीलेनै धर्म छाड्यौ भनें त परिवारै कहाँ रहन्छ र?

(कला श्री, साहित्य बार्षिकबाट साभार)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *