लगानी बोर्डका सीईओ भट्टलाई तत्काल काम नगर्न उच्च अदालतको आदेश
बाेर्डमा नियुक्त भट्ट
काठमाडौं। सरकारले हालै नियुक्त गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तत्कालन काम नगर्न उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनले मंगलबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएको हो।
अभिवक्ता जयबहादुर भुजेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र बोर्डमा सीईओ नियुक्तीका लागि गठन गरिएको सिफारिस समितिलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायधीश नहकुल सुबेदीको इजलासले अन्तरिम आदेश दिएको हो।
उच्च अदालतले दुबै पक्षलाई यही साउन ३२ गते छलफलका लागि बोलाएको छ।
भट्टको भूमिका विवादास्पद भएको भन्दै उनको नियुक्तीमा सरकारको आलोचना भएको थियो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment