पूर्वमन्त्री मोहन बस्नेतका स्वर्गीय बाबुमा कोरोना पुष्टि, मलामी गएकाहरु तनावमा

डिसी नेपाल
२७ साउन २०७७ २३:२१

काठमाडौं। यही साउन २२ गते निधन भएका काँग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतका बाबुलाई कोरोना भएको पुष्टि भएको छ। उनको काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा निधन भएको थियो। निधन भएको ६ दिनपछि मंगलबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले मनमोहन कार्डियो भास्कुलरमा निधन भएका वृद्धामा कोरोना पुष्टि भएको बताएका थिए।

पूर्वमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य मोहन एक प्रभावशाली नेता भएकाले उनको मलामी पनि करिब २२ सय रहेको बताइएको छ। कोरोना भएका व्यक्तिको निधनमा ठूलो संख्यामा मानिसहरु मलामी गएको हल्ला भएपछि सिन्धुपाल्चोकको बाह्रविसेमा सन्त्रास फैलिएको जनाइएको छ।

उता मंगलबार साँझ सामाजिक सञ्जालमाफर्त मोहनले आफ्ना बाबुको मृत्यु मिर्गौलाले काम नगरेपछि भएको डाक्टरहरुले जानकारी दिएको बताएका छन्। उनले मनमोहन कार्डियो भास्कुलर लैजानु अघि पनि कोरोना परीक्षण गरिएको र त्यतिबेला नेगेटिभ आएको बताएका छन्। उनले राजनीतिक प्रतिसोध साँध्न जबरजस्ती शव लिएको आरोप लगाएकोसमेत बताएका छन्।

स्मरण रहोस कोरोना संक्रमित व्यक्तिको मृत्युपछि अन्त्येष्टि सेनाले सुरक्षित तवरले गर्दै आएको छ।

सम्पुर्णमा अपिल!हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पि सि आर…

Posted by मोहन बहादुर बस्नेत on Tuesday, August 11, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *