सिन्धुपाल्चोक पहिराे : पाँचको शव फेला, ३३ बेपत्ता
चाैचारा। जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन्। पहिराले ३५ घर ध्वस्त भएका छन्। पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए। घाइतेको उद्धार जारी छ। पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए।
करिब एक किलोमिटरमाथिबाट झरेको पहिराले अन्य २५ घर उच्च जोखिममा रहेको र पहिरो झर्नेक्रम नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
२०७२ सालको भूकम्पले थिलथिलो पारेको ठाडो भिरालो जमिनमा शिवश्री हाइड्रो पावरले विद्युतगृहको सुरुङ निर्माण गर्ने क्रममा विस्फोटक पदार्थले जमिन थर्किएकाले पहिरो स्थानीयवासीले आरोप लगाएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment