No ads found for this position
No ads found for this position

अमेरिकाको टेक्सासस्थित तालमा डुबेको अवस्थामा डा.सुवेदीको शव भेटियो

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३२ साउन २०७७ २१:१७
28
Shares
No ads found for this position

टेक्सास, अमेरिका। भौतिक शास्त्रमा पीएचडी गरेका नेपाली मूलका एकजना विद्वान डा.रमेशराज सुबेदीको अमेरिकाको पूर्वी टेक्सासमा अवस्थित एउटा ताल (लेक) लुईसभिल लेकमा डुबेर मृत्यु भएको छ।

टेक्सासको अर्विङ क्षेत्रमा परिवारसहित बसोबास गर्दै आएका डा.सुवेदी अगष्ट १२ गते मंगलबार तालमा मृत अवस्थामा भेटिएका थिए। न्यूक्लियर फिजिक्समा अमेरिकाकै विश्वविद्यालयबाट पीएचडी गरेका सुबेदी केही समयअघिसम्म टेक्सासकै स्थानीय कलेजमा प्राध्यापन गर्दै आएका थिए। उनले विजिनेस एनालिसिसमा स्नातकोत्तरसमेत गरेर आफूलाई विजिनेस एनलिस्टका रुपमा समेत परिचय गराउने गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमै एमएससी गरेका डा.सुबेदीले आफ्नो हँसिलो अनुसारसहितको तस्वीर पछिल्लोपल्ट झण्डै एक वर्ष अगाडि अर्थात् अगष्ट २२, २०१९ मा फेसबुकमा अपडेट गरेपछि उनका अरु अपडेट फेसबुकमा नदेखिएको उनका एक साथीले डिसी नेपाललाई बताए।

समाचारअनुसार, उनी आफैं गाडी लिएर डुल्न निस्केका र तालतिर गएका थिए । तालकै क्षेत्रमा गाडी पार्किङ गरी तालतिर घुम्न गएका उनी तालमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। पोष्टमार्टमपछि उनको शव अगष्ट १३ तारिक विहीबार स्थानीय शवदाह गृहमा जलाइएको छ।

गैरआवासीय नेपाली संघका एकजना पदाधिकारीले दुखद घटना भएको आफूले थाहा पाएको तर विस्तृत विवरण आउन अझै बाँकी रहेको डिसी नेपाललाई बताए। उनको मृत्युको कारण दुर्घटना हो वा अन्य केही भन्ने स्पष्ट भइसकेको छैन।

टेक्सासमा रहेको नेपालीहरुको सामाजिक संस्था नेपाली समाज टेक्सासका अध्यक्ष दिनेश शर्माले नेपाली समाजले एकजना विद्धान सदस्य गुमाउनु परेको बताए। डिसी नेपालसँग कुरा गर्दै अध्यक्ष शर्माले भने,‘ उहाँको मृत शरीर पाइयो लुइसभिल तालमा। उहाँ धेरै योग्य व्यक्ति हुनुहुन्थ्यो।’ शर्माका अनुसार, डा.शर्माले भर्खरैमात्र नयाँ घर किनेको जानकारी पनि दिए।

पछिल्ला दिनहरुमा अमेरिकामा तालमा डुबेर मर्ने नेपालीहरुको संख्या बढ्दै गएको छ। विगतका घटनाहरु असावधानी र दुर्घटनाबस भएका भए पनि डा.सुवेदीको मृत्युको कारणबारे प्रष्ट कुरा वाहिर आएको छैन। टेक्ससमा मात्रै डा.सुवेदीसहित ४ जना नेपालीले एकमहिनाकै बीचमा तालमा डुबेर मृत्यु भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *