No ads found for this position
No ads found for this position

ईयू, पाकिस्तान र जर्मनीका लागि राजदूत सिफारिस

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ भदौ २०७७ १७:१४
No ads found for this position

काठमाडौं। सरकारले यूरोपियन युनियन (ईयू), पाकिस्तान र जर्मनीका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिबहरुलाई राजदूतमा सिफारिस गरेको हो।

मन्त्रिपरिषदका निर्णयबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले युरोपियन युनियनका लागि सहसचिब गेहेन्द्र राजभण्डारीलाई सिफारिस गरिएको बताए।

राजभण्डारीलाई बेल्जियमको राजदूतको जिम्मेवारीसहित सिफारिस गरिएको हो। यस्तै सहसचिब तापस अधिकारीलाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरिएको छ। सहसचिब रामकाजी खड्का जर्मनीका लागि राजदूत मा सिफारिस भएका छन्।

संसदीय विशेष सुनुवाई समितिले सिफारिस अनुमोदन गरेपछि राजदूत नियुक्त हुन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *