राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ
काठमाडौं। राष्ट्रिय झण्डा जलाएको अभियोगमा प्रहरीले ९ जना पक्राउ परेका छन्। मकवानपुरको एक विद्यालयमा छायांकन गरिएको गीतसहितको भिडियो सार्वजनिक प्रकरणमा संलग्न गायक ग्लालेन दोर्जे तामाङसहित ९ जना पक्राउ परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गायक तामाङलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो। त्यसमध्येका एक जना क्यामेरामेनलाई मंगलबार पक्राउ गरिएको हो भने अन्यलाई बुधबार विहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय झण्डा जलाएको गीतसहितको भिडियो मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको थियो।
प्रहरीले मुख्य व्यक्ति गायक तामाङ भएकाले उनको खोजी गरिरहेको थियो। उनलाई बुधबार विहान कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment