पशुपति आर्यघाटमा अस्ताएको एक शताब्दी

तर्कबहादुर थापा
३ भदौ २०७७ १४:३८

काठमाडौं। आरध्यदेव पशुपतिनाथको काखमा रहेको आर्यघाटमा बुधबार एक शताब्दी अस्ताएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले दिएको सलामी र कोरोनाको माहामारीलाई बेवास्ता गर्दै अन्तिम श्रद्धाञ्जलिका लागि पुगेका मलामी एक युग तथा एक शताब्दी अन्त्यको साक्षी बने।

समाजिक सञ्जालमा आइरहेका प्रत्यक्ष प्रशारणसँगै लाखौं व्यक्तिले हार्दिकताका साथ श्रद्धाञ्जलि दिए, नमन गरे। कतिले अश्रुधारा रोक्न सकेनन्, कतिले आँखामा परेलीको तटबन्धन लगाए, कतिले नदेखिने गरी रुमाल भिजाएर अन्त्य गरे एक शताब्दीको।

‘फूलको थुङ्गा बगेर गयो, गंगाको पानीमा, गीतका शब्दमा बोलेजस्तै बागमतीको पानीमा बगेको फूलको थुङ्गासँग धेरैले सोधेका थिए ‘कहिले भेट होला ए राजै यो जिन्दगानीमा!!’ प्रविधिमा भएको विकाससँगै भएको अन्त्यष्टिका तस्वीरहरु सयौंको संख्यामा रहेका ठूला तथा साना क्यामेराले कैद गरे।

आउने असोज ६ गते १ सय २ वर्ष पुग्ने शताब्दी पुरुष तथा राष्ट्रकवि घिमिरेको आत्माले भदौ २ गते नै देहत्याग गरेको थियो। उनको भौतिक शरीर पनि आर्यघाटको ढुङ्गामाथि बनाएको काठको चितामा पञ्चतत्वमा विलिन भयो।

घिमिरेका काखैमा जन्म लिएका सामाजिक सञ्जालले पनि उनको अत्यष्टिको दुःखद प्रचार गरे। तर, आलोचनाको भारी बोकेका सामाजिक सञ्जालले सायद आज अहोभाग्य पनि सम्झेका होलान्। ताकी एक शताब्दीको अन्त्य भएको रेडर्क राख्न पाइयो।

‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली!,
जय जय जय नेपाल सुन्दर, शान्त, विशाल!!’

गीतमा भनिएजस्तै सधैं सुन्दर, शान्त र विशाल रहेका राष्ट्रकवि माधवप्रसाद घिमिलेले एक शताब्दी पार गरेका थिए। आउने असोज ६ गते १ सय २ वर्ष पुग्ने शताब्दी पुरुष तथा राष्ट्रकवि घिमिरेको आत्माले भदौ २ गते नै देहत्याग गरेको थियो। उनको भौतिक शरीर पनि आर्यघाटको ढुङ्गामाथि बनाएको काठको चितामा पञ्चतत्वमा विलिन भयो।

अहोभाग्य ठान्दै बागमतीको जलले पनि घिमिरेको पार्थिव शरीर र चिताको काठ जलेर बनेको खरानी बगायो। सायद बागमतीले पनि यस्तो सुखद अवसर धेरै कम मात्र प्राप्त गरेको होला। खुसीले कलकल होला। सधैं फोहोरमात्र भयौ भनेर आलोचना खपिरहेको बागमती आज फोहोर हुनुमा पनि गर्व गरिरहेको होला।

‘आजै र राति के देँखे सपना मै मरी गएको’ राष्ट्रकवि घिमिरेले लेखेको यो गीतले भने आज यथार्तता पाएन। सधैं आफैं मरेको सपना देख्ने घिमिरेको यो सपनाले भने ब्युझिँन नै दिएन। मरेको सपनालाई सपनामै सीमित राख्ने घिमिरे जीवनसँग हारे। अन्ततः गीतका रचयता मरेको सबैले देखे।

लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका घिमिरेले जेठी श्रीमती गौरीको निधनपछि ‘गौरी’ शोककाव्य रचना गरेका थिए। पार्थिव शरीर पनि खरानी भएर बागमतीको पानीमा बग्दै गर्दा आत्माले गौरीलाई भेटिसकेको हुनु पर्छ।

तीन वर्षको उमेरमा आमाले संसार छोड्नु भयो, संसारमा एउटा अबोध बालक छोडेर गएकी आमाको बारेमा अरुबाट सुन्दा के होला जस्तो लाग्ने नेपाली साहित्यका धरोहर, नेपाली समाजका युगिन दस्तावेज घिमिरेलाई आमाले नै सय वर्ष उमेर थपिदिनु भएको रहेछ। ताकि तीन वर्षको अवोध बालकले १०२ वर्षको इतिहास आँखामा समेट्न सकोस्। आफूलाई जन्मदिने आमाको अन्त्येष्टि थाहा नपाएको अवोध त्यो बालकको अन्त्येष्टि गरेको युगले थाहा पाओस्।

नयाँ पुस्ताका लागि प्रेरणका स्रोत घिमिरेले जीवन सबभन्दा ठूलो उपलब्धि सम्झिन्थे। उनी सम्झिन्थे समय सबैभन्दा ठूलो सत्य रहेछ। वैराग्य पुष्प नामक रचना १४ वर्षकै उमेरमा गोरखापत्रमा छपाएर नेपाली साहित्यको महासागरमा होमिएका घिमिरे २००५ सालमा गोरखापत्रकै सहसम्पादक भएर काम गरे।

२०१४ मा राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका राष्ट्रकवि घिमिरेले कुलपतिसम्मको यात्रा तय गरे।  घिमिरे नेपाली एक युगका साक्षी हुन्। नयाँ पुस्ताका लागि विश्वविद्यालय हुन्। जीवन संघर्षका कुरा गर्दा उर्जा अनि उत्प्रेरणको स्रोत हुन्।

घिमिरेले जीवनलाई जहिले पनि ईश्वरको बरदान सम्झे। सय वर्ष पुगेको अवसरमा विभिन्न सञ्चार माध्यामलाई दिएको अन्र्तवार्तामा उनले भनेका छन्, ‘बाँचेर चन्द्र सूर्य देख्न पाइयो।

परिवर्तन हेर्न पाइएको छ। राणाकाल, पञ्च्यायतकाल, राजतन्त्र र गणतन्त्र देखियो।’ तर राष्ट्रकविको भौतिक शरीर कहिल्यै नदेखिने भएको छ।

अलबिदा राष्ट्रकवि।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *