सुदूरपश्चिमका वनमन्त्री सवार गाडी दुर्घटनामा

डिसी नेपाल
२४ वैशाख २०८३ १९:३०

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी मेलौली नगरपालिका क्षेत्रमा बससँग ठोक्किएर दुर्घटनामा परेको छ।

बिहीबार साँझ करिब ५:१५ बजे मेलौली नगरपालिका-२ सलेनामा महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मन्त्री चढेको गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटना कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

घटनापछि अस्थायी प्रहरी पोस्ट सलेनाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *