क्यानद्वारा क्रिकेटका सबै गतिविधि स्थगित, खेलाडीहरुको बीमा

डिसी नेपाल
६ भदौ २०७७ २०:३५

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले कोरोनाको जोखिम बढेको भन्दै क्रिकेटका सबै गतिविधि अनिश्चितकालका लदागि स्थगित गरेको छ। क्याले शनिबार एक प्रेस रिलिज जारी गर्दै सरकारको निर्देशन र कोरोनाको जोखिमका कारण क्रिकेटका सबै गतिविधिहरु स्थगित गरिएको जनाएको छ।

अब खेलाडीहरुले अभ्यास पनि गर्ने छैनन्। क्यानले सबै क्रिकेट संघहरु तथा क्रिकेटसँग सरोकारवालाहरुलाई कोरोनाको जोखिम बढेको भन्दै सुरक्षित रहन अनुरोध गरेको छ।

क्यानले पहिलो चरणमा खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको जनाएको छ। पुरुष क्रिकेट खेलाडी, ग्राउण्ड म्यान, अफिसल्सहरुको कोरोना बीमा गरिएको क्यानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *