सीपीएलमा सन्दीपको घातक बलिंग
काठमाडौं। क्यारेबियन प्रीमियर लीग (सीपीएल)को शनिबार राती भएको खेलमा नेपाली स्पीनर सन्दीप लामिछानेले घातक बलिंग गरेका छन्। आफ्नो टीम जमैका तलह्वाजका लागि गुयना अमेजन वारियर्सविरुद्ध उनले ४ ओभर बलिंग गर्दै ८ रन दिएर महत्वपूर्ण दुई विकेट लिए।
टिमको ९ औ ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दीपले सो ओभरमा जम्मा दुई रन दिए। त्यसपछि ११ औं ओभरमा सन्दीपले १ रन दिएर एक विकेट लिए। उनले किमो पौलको विकेट लिए। पौललाई मुजिब उर रहमानको हातबाट क्याच आउट गराएका थिए।
१३ औं ओभरमा आफ्नो तेस्रो ओभर बलिंग गरेका सन्दीपले मात्र ३ रन दिए। यस्तै आफ्नो चौथो तथा टिमको १५ औ ओभरमा २ रन दिएर विरोधी टिमका क्याप्टेन क्रिस ग्रिनलाई बोल्ड गरे।
यसअघि अर्का स्पीनर मुजिब उर रहमानले तीन विकेट लिएपछि गुयनाले २० औं ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्र बनायो।
जवाफी ब्याटिंगका लागि मैदानमा आएकाे जमैकाले शुरूमै एक िवकेट गुमाएकाे छ।
जमैका अंक तालिकाको चौथो स्थानमा छ। यो खेल जितेमा दोस्रो स्थानमा उक्लिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment