बालिका बलात्कार गरेको आरोपमा ललितपुरबाट युवक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। बालिकामाथि बलात्कार गरेको आरोपमा ललितपुरको हरिसिद्धिबाट एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका २८ हरिसिद्दी बस्ने १९ वर्षीय लोकेन्द्रसिंह भण्डारीलाई सातदोबाटो प्रहरी वृत्तले पक्राउ गरेको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका उनलाई १४ बर्षीय बालिका बलात्कार गरेको आरोप लागेको छ।
बालिकालाई हरिसिद्धस्थित चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारा घारीमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment