उपत्यकामा तरकारी फलफुल पसल बिहान सवा ९ बजेसम्म खोल्न पाइने

डिसी नेपाल
७ भदौ २०७७ १९:३१

काठमाडौं। निषेधाज्ञा जारी रहेको काठमाडौं उपत्यकामा तरकारी, फलफुल, माछा, मासु पसल बिहाना सवा ९ बजेसम्म खोल्न पाइने भएको छ। अन्य पानी, औषधि पसल भने दिनभर नै खेल्न पाइने छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि काठाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा स्वास्थ्य मापदण्ड पुरा गरेरमात्र फलफुल, तरकारी पसल खोल्न पाइने जनाइएको छ।

कोरोना महामारीको जोखिम बढेपछि विगत तीनदेखि काठमाडौं उपत्यकमा निषेधाज्ञा लागू गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *