मकाउमा बालिकाको यौन भिडियो एक अर्कालाई पठाएको अभियोगमा ११ नेपाली युवा पक्राउ

डिसी नेपाल
११ भदौ २०७७ १०:४५

काठमाडौं। मकाउमा ११ जना नेपाली युवा पक्राउ परेका छन् । उनीहरुलाई कम उमेरकी एक बालिकाको यौन भिडियो एक एपको प्रयोग गरी एक अर्कालाई शेयर गरेको र विदेशमा रहेका अन्यलाई पनि पठाएको अभियोग लगाइएको छ । पक्राउ परेका सबै नेपाली युवाहरु विभिन्न फरक फरक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्ने त्यहाँको टिडिएम टेलिभिजनले आफ्नो समाचारमा जनाएको छ ।

पक्राउ परेका नेपालीले आफूहरुले भिडियो शेयर गरेको स्वीकार गरेका छन् । उनीहरुले यसबाट कुनै प्रकारको लाभ लिएको आरोप भने अस्वीकार गरेका छन् । रिपोर्टका अनुसार एक एपमार्फत बालिकाको अश्लील भिडियो शेयर भइरहेको पाइएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले मकाउ प्रहरीलाई यसबारे कारवाही अघि बढाउन भनेको थियो ।

यसरी उमेर नपुगेका बालबालिकाको यौनजन्य भिडियो हेर्नु र शेयर गर्नु पनि त्यहाँको कानुनअनुसार अपराध मानिन्छ । अन्य कैयौं देशमा पनि ‘चाइल्ड पोर्नोग्राफी’लाई गम्भीर अपराधको श्रेणीमा राखिएको छ । एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले आफूहरुलाई यो घटनाबारे जानकारी प्राप्त भएको र विस्तृतमा बुझिरहेको डिसीनेपाललाई बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *