डा. केसीमाथि अपराधी जस्तो ब्यबहार गरियो : गगन थापा

डिसी नेपाल
१३ भदौ २०७७ १९:५७

काठमाडौं। जुम्लामा सेवाका लागि पुगेका डा. गोविन्द केसीलाई प्रहरीले अवरोध गरेपछि त्यसको सर्वत्र आलोचना भएको छ। यहीबीचमा काँग्रेस नेता गगन थापाले डा. केसीमाथि अपराधीको जस्तो ब्यबहार गरिएको बताएका छन्।

गएको बिहीबार डा. केसीलाई जुम्लामा प्रहरीले अवरोध गरेको थियो। डा. केसीले सामाजिक सञ्जालमा तस्वीरसहित प्रहरीले आफूलाई अवरोध गरेको जनाएका थिए।

शनिबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै काँग्रेस नेता थापाले डा. केसीलाई अवरोध गर्दा लाज मान्नुपर्ने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र? जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन।’

https://www.facebook.com/thapagk/posts/3374920865885135

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *