आज इन्द्रजात्रा, नित्य पूजामै सीमित
फाइल फाेटाे।
काठमाडाैं। प्रसिद्ध इन्द्रजात्रा काठमाडौं शहर को प्राचीन बस्ती वसन्तपुर मा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो । वर्षा र सहकालका द वता देव राज इन्द्रको पूजा–आरधना गरी पर म्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य पूजामै सीमित गरिएकाे छ।
विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोराेना भाइरसका कारण यसको राेकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषे धाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो।
प्रत्ये क वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर , भक्तपुर , धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ । विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो। जताततै देवी दे वतालाई बाहिर प्रदर्शनी गरि एको हुन्थ्यो।
तर , यो वर्ष कुनै राैनक छैन । कोराेनाको महामारीका कारण काठमाडौंको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स् थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि याे वर्षकाे इन्द्र जात्रा स्थगित भएकाे हाे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment