२ जनाका कारण मलेसियाबाट आएका १३३ जना होटल क्वारेन्टिनमा
काठमाडौं। मालिन्दो एअरको विमानमाफर्त बुधबार नेपाल आएका १३३ जना होटल क्वारेन्टिनमा बस्न बाध्य भएका छन्। सो विमानमार्फत नेपाल आएका दुईजनाको कोरोना रिपोर्टका कारण यस्तो भएको हो। सोही विमानमार्फत नेपाल आएका सविनकुमार लोप्चन तामाङले आफूहरु कलंकीस्थित एक होटल क्वारेन्टिन बसेको डिसी नेपाललाई बताए।
यसरी सबैजना होटल क्वारेन्टिन बस्नुपर्ने कारण दुईजना यात्रु हुन्। उनीहरुले पीसीआर परीक्षण नगरी आरडीटी परीक्षण गरेर आएकाले सबैलाई क्वारेन्टिनमा पठाइएको हो। सरकारले विदेशबाट आउने शतप्रतिशत यात्रु पीसीआर रिपोर्ट नेगेटिभ भए होटल क्वारेन्टिन बस्नुनर्पे तर, होम क्वारेन्टिन भने बस्नुपर्ने निर्णय गरेको थियो।
तर, बुधबार माल्दिो एअरमार्फत नेपाल आउने दुईजनाले पीसीआर परीक्षण नगरी आरडीटी परीक्षण गरेका थिए। विमान कम्पनीको यस्तो लापारबाहीका कारण १३३ जना यात्रु होटल क्वारेन्टिन बस्नु परेपछि सबै होटल खर्च मालिन्दोले व्यहोर्ने भएको छ। लोप्चनले होटल खर्च विमान कम्पनीले व्यर्होन कुरा भएको डिसी नेपाललाई बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment