‘जनजीवन सहज बनाऔं, मापदण्ड पालना गरौँ ‘

डिसी नेपाल
२१ भदौ २०७७ ७:२४

लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो। अब यसलाई अन्त्य गर्नुपर्छ। गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ।

अब जनजीवन सहज बनाऔं। हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखा पर्दैछ। यसले मनोसामाजिक असर देखा परिरहेको छ।
हामीले कोरोनालाई धेरै हाउगुजी बनाएका छौं। कोरोना संक्रमण सामान्य महामारी हो। यो खोप नआएसम्म रहनसक्छ।

तसर्थ यसलाई सरलिकृत बनाऔं। ८५ % संक्रमितलाई आफैं वा साधारण उपचारले निको हुन्छ। १० % लाई लाक्षणिक उपचारले ठिक हुन्छ। ५ % लाई आइसीयु, अक्सिजन तथा भेन्टिलेटर चाहिन सक्छ। मृत्यु सरदर २-३ % छ। नेपालमा हाल करिब १ % मृत्युदर छ।

हामी सबैले ठण्डा र आफ्नै दिमागले सोंचौं। अज्ञानको पछि नलागौं। आफू क्लियर नभएको कुरा सेयर गरेर, बिदेशी संस्थालाई गालि गरेर वा नभएका बिदेशी उदाहरण दिएर लापरबाही नगरौं।

भाइरस परिवर्तनशील हुन्छ। यसले स्वरूप परिवर्तन गरिरहन्छ। यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ। नोबेल कोरोना भाइरस नयाँ हो। यसको धेरै अध्ययन हुन बाँकी छ। यसको परिवर्तनशील स्वरूपको कारण WHO, CDC, FDA, बैज्ञानिकहरु, बिज्ञहरु तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो। भाइरस निकै ट्रिकी हुन्छ।

सरकारले लकडाउन वा निशेधाज्ञा खुला गरोस्। रोजगारी बढाओस। उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस्। डुबेका साना व्यापारीलाई बैकल्पिक ब्यबस्था गरोस्। न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस्।

भाइरसको ट्रिकीपन अनुसार कदम चाल्नुपर्ने हुन्छ। तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन। पहिले इटलीमा ९ % मृत्युदर थियो भने अहिले निभैरहन्छकै कम छ। एउटा देशको उदाहरण अर्को देशसँग मिल्दैन। तसर्थ यसको व्याख्या आधिकारिक निकाय र बिज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौँ।
कसको उद्देश्य के हुन्छ, हामीलाई थाहा हुँदैन। नबुझिकन अरुको गोटी नबनौं। यसले हामीलाई फाइदा गर्दैन। विज्ञानको विश्वास गरौँ, अज्ञानको होइन।

सरकारले लकडाउन वा निशेधाज्ञा खुला गरोस्। रोजगारी बढाओस। उत्पादनमा अनुदान तथा बजारीकरणको ग्यारेन्टी गरोस्। डुबेका साना व्यापारीलाई बैकल्पिक ब्यबस्था गरोस्। न्यून आय भएका व्यक्तिलाई मास्क, साबुन, स्यानिटाइजर तथा राहत प्रदान गरोस्।

हामी आम नागरिकले घरबाहिर जाँदा अनिबार्यरुपमा सहि तरिकाले मास्कको प्रयोग गरौँ। व्यक्तिगत दुरी कायम गरौँ। हात सफा गरौँ। भीडभाड नगरौं। यति गर्यौं भने यो महामारी नियन्त्रण हुन्छ। हामीले कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने जनजीवन अन्य देशमा जस्तै सहज र सरल हुन्छ। हामीले यी उपाय अबलम्बन गरेनौं भने संक्रमण तीब्र गतिमा बढ्छ। हाम्रो जनजीवन अस्तव्यस्त हुन्छ।

डा. रवीन्द्र पाण्डे

हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ। तसर्थ एकजना पनि संक्रमित नहुने रणनीति अबलम्बन गरौँ। विश्वका धनी देशमा भएका क्षति बुझेर हामीले पाठ सिकौं। हामी अरुको तालमा लाग्दा भोलि संक्रमित भयौं भने उनीहरुले साथ दिदैनन्। हामीलाई चाहिने हाम्रै अस्पताल तथा स्वास्थ्यकर्मी हुन्। उनीहरुलाई प्रोत्साहित गरौँ।

अनाबश्यक बिषयमा बहस गरेर आफूलाई तनाबमा नपारौं। त्यसको कुनै अर्थ छैन। केही सिप सिकौं। उत्पादनमा लागौं। विश्वका धेरै देशमा जनजीवन सहज भएको छ। जनता अनुशाशित र सरकार इमान्दार भएका चीन, जापान, कोरिया, भियतनाम, ताइवान, भुटानजस्ता देशमा मास्क, भौतिक दुरी र सरसफाइले संक्रमण नियन्त्रण भएको छ।

महामारी एकैपटक संसारभर फैलिएको नयाँ रोगको प्रकोपलाई भनिन्छ। यसमा मृत्युदर थोरै / धेरै हुनुको अर्थ हुँदैन। बिकसित देशमा भएका आन्दोलनसंग हाम्रो तुलना नगरौं। त्यहाँ बिरामी भए सरकारले सबै हेर्छ। यहाँ हामीले आफै हेर्नुपर्छ। हामी सबैको सामुहिक प्रयासले जनजीवन सहज र महामारी नियन्त्रण गरौँ। खोप आएपछि महामारीको अन्त्य हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *