मन्त्री भट्टराईद्वारा तेजाब पीडित मुस्कान खातुनलाई ५० हजार सहयोग

डिसी नेपाल
२१ भदौ २०७७ १३:२४

काठमडााैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।

उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेका हुन्। मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गरे।

आफू सानोदेखि जन्म दिन मनाउने सस्कृती बाट नअएकाे तर सहयोग गर्न तत्पर हुने स्वभाव भएकोले मुस्कानलाई सानो सहयोग गरेको मन्त्री भट्टराईले डिसी नेपाललाई बताए।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले तेजाब प्रहार गरेका थिए। त्यसबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। उनी कक्षा ९ मा अध्ययनरत छिन्।

सो अवसरमा मन्त्री भट्टराई भने, ‘‘मलाई विश्वास छ, तपाईँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला।’’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालिका खातुनलाई बालुवाटारमा आमन्त्रण गरी शिक्षाका लागि आवश्यक प्रबन्ध गरिने जानकारी दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *