विश्वमा कोरोना : २ करोड ७२ लाख संक्रमित, इटलीमा हजारौं मानिस सडकमा

डिसी नेपाल
२२ भदौ २०७७ ८:२८

काठमाडौं। विश्वभर कोरोना भाइरसबाट हालसम्म २ करोड ७२ लाख ३४ हजार ८९२ जना संक्रमित भएका छन्। तीमध्ये १ करोड ९३ लाख १३ हजार २६ जना उपचारपछि निको भएका छन् भने ८ लाख ८५ हजार ९४३ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन्। अमेरिकामा हालसम्म ६४ लाख ५२ हजार ८३३ जना संक्रमित भएका छन् भने १ लाख ९३ हजार १२१ जनाको मृत्यु भएको छ। अमेरिकामा ३७ लाख १५ हजार १३९ जना उपचारपछि निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ४२ लाख २ हजार ५६२ जना संक्रमित भएका छन् भने ७१ हजार ६८७ जनाको मृत्यु भएको छ। भारतमा ३२ लाख ४७ हजार २९७ जना उपचारपछि निको भएका छन्। ब्राजीलमा ४१ लाख २३ हजार संक्रमित भएका छन् भने १ लाख २६ हजार २६६ जनाको मृत्यु भएको छ। ब्राजीलमा ३२ लाख ९६ हजार ७०२ जना उपचारपछि निको भएका छन्।

संक्रमितको संख्या बढ्दै गएपछि फ्रान्सले आइतबार सात नयाँ क्षेत्रलाई रेड जोन घोषणा गरेका छ। योसँग फ्रान्समा रेड जोन घोषणा गरिएका क्षेत्र २८ पुगेको छ। पछिल्ला दुई दिनमा फ्रान्समा ८ हजार ५ सय भन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए।

यहाँ अहिलेसम्म ३ लाख १७ हजार ७०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० हजार ७२४ जनाको मृत्यु भएको छ। उता अस्ट्रेलियाको राजधानी मेलबर्नमा आइतबारदेखि दुई हप्ताका लागि लकडाउनको अवधि बढाइएको छ। भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रूजले राज्यका संक्रमितको संख्यामा कमी आउन थालेको बताएका छन्। यद्यपी सावधान अपनाउन भन्दै लकडाउन २८ सेप्टेम्बरसम्म बढाइएको हो।

उता इटलीको राजधानी रोममा आइतबार हजारौंको संख्यामा उपस्थिति भएका मानिसले प्रदर्शन गरेका छन्। उनीहरुले कोरोना महामारीलाई फर्जीको संज्ञा दिएका थिए। उनीहरुले फेस मास्क र सामाजिक दुरी कायम गर्न सरकारले दिएको निर्देशनलाई उनीहरुले बेकारको संज्ञा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *