विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

डिसी नेपाल
२४ भदौ २०७७ ६:५२

काठमाडौं। विश्वभरमा कोरोनाका २ लाख ४० हजार संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय बढीको कोरोनाका कारण ज्यान गएको छ।

यो संगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ७७ लाख २१ हजार ४ सय बढी रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा करिव ९० हजार कोरोनाका संक्रमित भेटिएका हुन्। तथ्यांक अनुसार भारतमा ८९ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ६७ हजार ४ सय बढी रहेको छ। भारतमा मात्र कोरोनाका कारण ७३ हजार ९ सय बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा १ हजार १ सय बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

यस्तै, २४ घण्टामा भारतपछि अमेरिकामा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन्। अमेरिकामा २४ घण्टामा २८ हजार बढी संक्रमित भेटिएका हुन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ६५ लाख १३ हजार ६ सय बढी रहेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा सबै भन्दा बढी १ लाख ९४ हजार रहेको छ। गत २४ घण्टामा मात्र करिव ५ सय अमेरिकीहरुले कोरोनाका कारण ज्यान गुमाउनु प¥यो।

यस्तै, गत २४ घण्टामा ब्राजिलमा १७ हजार कोरोनाका संक्रमित थपिए भने अर्जेन्टिनामा १२ हजार कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म ४१ लाख ६५ हजार बढी संक्रमित भएका छन्। जसमध्ये १ लाख २७ हजारले ज्यान समेत गुमाएका छन्। उता अर्जेन्टिनामा भने हालसम्म ५ लाख संक्रमित पुगेका छन्। कोरोनाका कारण अर्जेन्टिनामा ज्यान गुमाउनेको संख्या १० हजार रहेको छ।

गत २४ घण्टामा स्पेनमा ८ हजार ९ सय बढी, कोलोम्बियामा ७ हजार ६ सय बढी, फ्रान्समा ६ हजार ५ सय बढी, रसियामा ५ हजार बढी र इराकमा ४ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु थपिएको तथ्यांकले जनाएको छ। ३ हजार बढी कोरोनाका संक्रमित हुनेहरुमा इजराइल, मेक्सिको, फिलिपिन्स र इन्डोनेसीया रहेका छन्।

यस्तै, यूके, यूक्रेन र इरानमा २ हजार बढी संक्रमित थपिएका छन्। एक हजार बढी कोरोनाका संक्रमितहरु थपिने देशहरुमा मोरोक्को, बंगलादेश, टर्की, क्यानडा, इटाली, जर्मनी, चीली, रोमानीया, इथोपीया र कोस्टारिका रहेका छन्। यसैगरी, नेपाल र नेदरल्याण्डमा भने ९ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *