झारफुक गर्ने भन्दै बलात्कार गरेको आरोपमा पक्राउ

डिसी नेपाल
२५ भदौ २०७७ १२:५५

डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली रहेका छन्।

आफ्नै गाउँकी बिरामी युवतीलाई झारफुक गर्ने भनी एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।

अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भनी निज युवतीलाई यही भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। घटनाका पीडित र अभियुक्त युवकलाई जिल्ला कार्यालयमा ल्याइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *