कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

डिसी नेपाल
२८ भदौ २०७७ १४:४२

तनहुँ। जिल्लाको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ। आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौँस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जानकारी गराएको छ।

ती महिलामा मुटुसम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना हुनुभएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो। उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौँ लगिएको जनाइएको छ।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *