काठमाडौंमा थपिए ५१२ नयाँ संक्रमित थपिए

डिसी नेपाल
२९ भदौ २०७७ १६:४३

काठमाडौं। काठमाडौं उपत्यकामा ५१२ थप कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ५१२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै, सोमबार नेपालमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३६० जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर ८७९ जना घर फर्किएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *