जबर्जस्ती करणी मुद्दाका फरार दुई जना छ वर्षपछि पक्राउ

डिसी नेपाल
३० भदौ २०७७ ११:०२

कञ्चनपुर । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए।

स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका थिए। कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ असार २८ गते जनही ११/११ वर्षको कैद सजाय तोकेको थियो। घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *