दश वर्षपछि हत्यारा पक्राउ

डिसी नेपाल
३० भदौ २०७७ १६:०७

डोटी । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उनिसहित अन्य चार जनालाई विसं २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो ।

कर्तव्य ज्यान मुद्दामा सजाय तोकेसँगै फरार रहेका थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनीसँगै पक्राउ परेका अन्य चार जना भने अदालतले तोकेको सजाय भुक्तान गरिरहेका छन् । थापा पक्राउ परेसँगै उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *